फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक

फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक

कहिरन समाचार

साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्पा खड्का अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा फिल्म भित्र रहेको केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ ।

फिल्ममा अभिनेता पुष्पको साम्राज्ञी र डेब्यु अभिनेत्री इमिली लामासँंग रोमान्स रहेको छ । पुष्पको दुईतर्फी प्रेमले निम्त्याउने बिभिन्न परिस्थिती फिल्मले कथाको रुपमा देखाएको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीको अलवा सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दीपिशा केसी लगायतका कलाकारको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिलममा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।  फिल्म पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।