सांसदलाई लोसपाद्वारा बधाई

सांसदलाई लोसपाद्वारा बधाई

कहिरन समाचार

लोकतान्त्रिक समाजवादी पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई शुभकामना तथा बधाई दिएको छ । लोसपाले सोमवार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताले प्रत्यक्ष तथा समानुपातिबाट निर्वाचित सांसदहरुलाई अबिर र गम्छा लगाएर बधाई दिई सम्मान गरेको लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।

सम्मान गर्दै लोसपाका अध्यक्ष ठाकुरले जो जहाँबाट विजय हुनुभएको छ, त्यहीबाट आ-आफ्नो क्षेत्रका जनताका लागि काम गर्न आग्रह गरे । मधेसको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि तयार रहन नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे ।

लोसपाले प्रतिनिधि सभाको प्रत्यक्षमा चार सिट जितेको छ भने मधेस प्रदेशमा नौजना र लुम्बिनी प्रदेशमा तीन जना प्रदेश सभा सदस्य रहेका छन् ।