माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने

कहिरन समाचार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् ।  पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले जानकारी दिए ।

उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् ।