औद्याेगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह

औद्याेगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह

कहिरन समाचार

नेपाल ‍औद्याेगिक क्षेत्र उद्योग महासंघले ‍औद्याेगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेकाे छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडावृ‌द्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चुनाैती दिएकाे हाे ।

‘उद्योगीसँग समन्वय नगरी २०७५ सालमा बढेको भाडा कार्यान्वयन गर्न पाइँदैन,’ महासंघका अध्यक्ष रामहिरा पाठकले भने, ‘हामी आन्दाेलित छाैं यसकाे अवमूल्यन गरे गम्भीर मूल्य चुकाउनु पर्छ ।’

महासंघले भाडावृद्धि औद्याेगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दावी पनि गरेकाे छ । भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्याैगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने पनि महासंघले जनाएको छ ।