सचिव गोकर्ण विष्ट : एमाले प्रतिपक्षमा बस्छ

सचिव गोकर्ण विष्ट : एमाले प्रतिपक्षमा बस्छ

कहिरन समाचार

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले तत्कालका लागि सरकारमा नजाने बताएका छन् । सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताए । विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’

आइतबार बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए बताए । गुल्मी क्षेत्र नंं २ बाट प्रतिनिधीसभा सदस्यमा चौंथो पटक निर्वाचित भएका बिष्टले गएको निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गरे ।

विष्टले एमालेको भुमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताए ।