अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रुरतापूर्वक हत्या गरेका थिए । एकजना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टुक्रा टुक्रा पारेर अन्तिममा जलाएका थिए । ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।
चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन । मृत्युदण्डको सजाय सुनाइएकालाई आजीवन कारावासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन् । अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो कारावासको सजायमा रुपान्तरण हुनसक्नेछ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ ।
प्रतिक्रिया