एमालेका नेता सुवास नेम्वाङले आफ्नो अग्रता कायम

एमालेका नेता सुवास नेम्वाङले आफ्नो अग्रता कायम

कहिरन समाचार

नेकपा एमालेका नेता सुवास नेम्वाङले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १८ हजार ५७६ मत ल्याएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार ७२३ मत ल्याएका छन् । नेम्वाङ १ हजार ८५३ मतले अघि छन् । हालसम्म ४१ हजार ३४३ मत गणना भएको छ जसमध्ये १ हजार ७६३ मत बदर भएको छ ।