एलन मस्कले ट्विटरमा निलम्बित खाताहरू पुनः सुरु गर्ने

एलन मस्कले ट्विटरमा निलम्बित खाताहरू पुनः सुरु गर्ने

कहिरन समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुरु गरेपछि ट्विटरका नयाँ मालिक एलन मस्कले अन्य निलम्बित अकाउन्टका लागि पनि ट्वीट गरेका छन् ।

उनले निलम्बित खातालाई सामान्य माफीको कुरा गर्दै एउटा सर्वेक्षण गरेका छन् ।

एलोन मस्कले ट्वीट गरे, ‘कानुन नतोडेका वा गम्भीर स्प्याममा संलग्न नभएका निलम्बित खाताहरुका लागि ट्विटरले सामान्य माफीको प्रस्ताव गर्नुपर्छ ? ’

केही समयअघि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टबाट प्रतिबन्ध हट्नुअघि पनि एलन मस्कले यस्तै सर्वेक्षण गरेका थिए ।

उनले पूर्व राष्ट्रपति ट्रम्पको खाता पुनः सुरु गर्ने कि नगर्ने प्रश्न गरेका थिए । उनको सर्वेक्षणमा, खाता सुरु गर्नका लागि केही प्रतिशत बढी भोट प्राप्त भएका थिए ।

अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन गरिएको थियो ।

हालको मतदान पछि पनि, केहि थप निलम्बित ट्विटर खाताहरू सुचारु हुने अनुमान गरिएको छ ।

एलोन मस्कको ट्विटर खरिद गरेदेखि नै यस सामाजिक सञ्जाल प्लेटफर्ममा धेरै परिवर्तनहरू भइरहेका छन् ।

डोनाल्ड ट्रम्प वा अन्य खातामाथिको प्रतिबन्ध हटाउने सम्भावना पहिल्यै व्यक्त गरिएको थियो ।