सोविता : मेरो जित पनि ऐतिहासिक हुनेछ

सोविता : मेरो जित पनि ऐतिहासिक हुनेछ

कहिरन समाचार

काठमाडौं –२ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो जित ऐतिहासिक हुने बताएकी छन् । क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोविताले आफ्नो जित ऐतिहासिक हुने बताइन् ।
काठमाडौं– १ का मतदाताहरू चेतनशील भएको भएको भन्दै यो क्षेत्र राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्म पाइसकेकाले अब फेरि केही पाउने उनको भनाइ छ ।

उनले भनिन्, ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यो जित पनि ऐतिहासिक हुनेछ । ’

संसदमा आफ्नो पार्टी कहिले पनि नचुक्ने भन्दै उनले घोषणापत्र बमोजिम काम गर्ने पनि बताइन् ।  ‘यो क्षेत्रले गर्व गर्नेछ कि हामीले यस्तो सांसद निर्वाचित गरेर पठायौँ । यहाँको मतदातालाई गुनासो गर्न दिने छैनौं,’ सोविता भन्छिन् ।
सरकारमा जाने नजाने  विषयमा स्पष्ट जवाफ दिन नसक्ने बताइन् । काठमाडौं भनेर चिनिने विकट क्षेत्रमा पनि काम अगाडि बढाउनु पर्ने बताइन् । ‘बजेट भनेको शहरलाई मात्र चाहिने होइन जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो, ’उनले भनिन् ।