अमेरिका : वालमार्ट स्टोरमा गोलीबारी

अमेरिका : वालमार्ट स्टोरमा गोलीबारी

कहिरन समाचार

अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् ।

यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ ।

महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।

चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्छौं कि एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ । त्यसपछि गोली चलाउने व्यक्ति मारिएका छन् ।’