गुल्मी १ मा मतगणना सुरु हुने

गुल्मी १ मा मतगणना सुरु हुने

कहिरन समाचार

गुल्मी क्षेत्र नम्बर १ को मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

गुल्मी १ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएको हो । मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षको मतपत्र दिएपछि मतदान स्थगित भएको थियो । यस क्षेत्रमा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।