बेलको गोलमा अमेरिका र वेल्सको बराबरी

बेलको गोलमा अमेरिका र वेल्सको बराबरी

कहिरन समाचार

कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा वेल्सका लागि ग्यारेथ बेलले गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् ।

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । बेलले खेलको ८२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै समूह ‘बी’ मा वेल्स र अमेरिकाले एक–एक अङ्क पाएका छन् ।