स्थगित भएको सुर्खेतमा मतदान सुरु

स्थगित भएको सुर्खेतमा मतदान सुरु

कहिरन समाचार

सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको निर्वाचन सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।