इलाम–१ को ११ बजेदेखि मतगणना

इलाम–१ को ११ बजेदेखि मतगणना

कहिरन समाचार

इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक भर्खरै सकिएको छ । अब बिहान ११ बजेदेखि मत गणना सुरु हुने यस क्षेत्रका एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालले बताए ।

‘हामीले भर्खरै सर्वदलीय बैठक सकायौँ । अब खाना खाएर सकिएपछि ११ बजेदेखि मत गणना सुरु गर्ने सहमति भएको छ’ खनालले भने । यस क्षेत्रबाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका खनाल, नेकपा एमालेबाट महेश बस्नेत छन् ।