बैैतडी जिप दुर्घटना

बैैतडी जिप दुर्घटना

कहिरन समाचार

जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र  चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ ।”

घाइतेलाई पाटन विमानस्थलमा ल्याएको भन्दै उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै गरेको उनले बताए ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ