आज कलाकार पनि आफ्नो तोकिएको मतदान केन्द्रबाट मतदान गर्दै

आज कलाकार पनि आफ्नो तोकिएको मतदान केन्द्रबाट मतदान गर्दै

कहिरन समाचार

आज आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । निर्वाचनमा सर्वसाधारण मात्र होइन, कलाकार पनि आफ्नो क्षेत्रमा तोकिएको मतदान केन्द्रबाट मतदान गर्दै छन् । हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, दहचोक मतदान केन्द्रबाट मतदान गर्दै छन् । उनले यस अगाडि पनि त्यहीबाट मतदान गर्दै आएका हुन् ।

अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित कन्या हाइस्कुल मतदान केन्द्रबाट मतदान गर्दैछन् । उनले गत स्थानीय निर्वाचनमा पनि त्यहीबाट मतदान गरेका थिए । अभिनेता भुवन केसी भीमसेनगोला केन्द्रमा मतदान गर्नेछन् । गत स्थानीय निर्वाचनमा पनि त्यहीबाट उनले मतदान गरेका थिए । अभिनेता अनमोल केसीको मतदान केन्द्र पनि त्यही हो ।

त्यस्तै कलाकार जीतु नेपालले काठमाडौं क्षेत्र नम्बर २ को जडिबुट्टी नरेफाट स्थिती कोटेदेबी मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

कलाकार निर्मल शर्मा ‘गैडा’ काठमाडौं महानगरपालिका–७ सिफलस्थित हिमालय विद्यामन्दिर केन्द्रबाट मतदान गर्दैछन् । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२, बालकोटको बालबिनायक मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले काभ्रेको पनौती नगरपालिकास्थित सुन्थाना मतदान केन्द्रबाट मतदान गर्दैछन् । हास्यकलाकार शिवशंकर रिजाल सर्लाही क्षेत्रनम्बर ४ को बरथवा मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यस्तै कलाकार उत्तक केसी तारकेस्वर नगरपालिका ग्रामिन आदर्श मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेता आर्यन सिग्देल काठमाडौ क्षेत्र न १० चन्दागिरी १ मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

हास्य कलाकार किरण केसी ललितपुर क्षेत्र नं १ को महादेवस्थान मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेत्री करिस्मा मानन्धर काठमाडौं क्षेत्र नम्बर ५ लाजिमपाट मतदान केन्द्रबाट मतदान गर्दैछिन् ।