विराटनगरमा आज बिहान शङ्कास्पद वस्तु फेला

विराटनगरमा आज बिहान शङ्कास्पद वस्तु फेला

कहिरन समाचार

विराटनगर ३ पुष्पमार्गमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । शङ्कास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् ।

आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शङ्कास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ ।