कतार विश्वकप फुटबल लाइभ नेपाली टेलिभिजनमा

कतार विश्वकप फुटबल लाइभ नेपाली टेलिभिजनमा

कहिरन समाचार

पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ ।बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।