सत्तारुढ गठबन्धनले आज साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दै

सत्तारुढ गठबन्धनले आज साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दै

कहिरन समाचार

सत्तारुढ गठबन्धनले आज काठमाडौँको साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई काँग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ ।

घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए । आगामी ४ मङ्सिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौँ–२ मा पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन् ।