युनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा

कहिरन समाचार

युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लख ६० हजार रुपैयाँ रहेको छ सोही पुँजीको आधारमा कम्पनीले बोनस दिन लागेको हो।