लागूऔषधसहित झापाबाट एक जना पक्राउ

लागूऔषधसहित झापाबाट एक जना पक्राउ

कहिरन समाचार

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।

झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेकोले पक्राउ गरिएको हो । उनीसँग थप  सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको प्रहरीले जनाएको छ ।

हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।