युरोपियन युनियनका राजदूत नोना डेप्रेजको प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट

युरोपियन युनियनका राजदूत नोना डेप्रेजको प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट

कहिरन समाचार

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् । बिहीबार आयोगको कान्तिपथस्थित कार्यालयमा प्रमुख आयुक्त  थपलियासँग राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विषयमा छलफल भएको आयोगले जनाएको छ ।