निजी स्वार्थ नभएको जोगी र सन्यासीजस्तै हुँ : ओली

निजी स्वार्थ नभएको जोगी र सन्यासीजस्तै हुँ : ओली

कहिरन समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जोगी र सन्यासीजस्तै भएको बताएका छन् । बुधवार झापामा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आफूलाई निजी स्वार्थको कुनै प्रवाह नभएको पनि बताए ।

‘म तपाईँहरूले छानेको प्रतिनिधि जोगी र सन्यासी जस्तै हो । जनताले जे उपहार दिन्छन् त्यो जनतालाई नै बाँड्ने हो’, ओलीले भने, ‘मलाई धन कमाउनु छैन । झापाको मान्छे मुगु र हुम्लाका छोराछोरी पढाएको छु, सम्पत्ति कमाउनु छैन ।’