घट्यो डलरको भाउ

घट्यो डलरको भाउ

कहिरन समाचार

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। सोमबार अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रूपैयाँ २१ पैसा तोकिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा पाइन्छ। युरोको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रुपैयाँ ५९ पैसा र बिक्रीमा २७ रुपैयाँ ७२ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२२ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२४ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४७ पैसा तोकिएको छ।