ट्विटर किन्ने घोषणायता टेस्लाको मूल्य ४० प्रतिशत घट्यो

ट्विटर किन्ने घोषणायता टेस्लाको मूल्य ४० प्रतिशत घट्यो

कहिरन समाचार

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने घोषणा गरेयता हालसम्म टेस्लाको मूल्य ४० प्रतिशतले घटेको छ।

सोमबार मात्रै ५.०१ प्रतिशतले मूल्य घटेको छ।

टेस्लाको मूल्य घट्नमा बजार गिरावटले पनि यसमा केही सहयोग भने पुगेको देखिन्छ।

हुनतः अमेरिकी बजार नास्ड्याक कमोजिटमा पनि यो अवधिमा १५ प्रतिशतले गिरावट भने आएको छ।

मस्कले अप्रिल २५, २०२२ मा पहिलो पटक ट्विटर खरीद गर्ने घोषणा गरेका थिए। सो समय टेस्लाको मूल्य ३३२.६७ डलर रहेकोमा सोमबार १९७.०८ डलर छ।

टेस्लाको आधारभुत पक्ष बलियो देखिएपनि सेयर मूल्यमा भने गिरावट आइरहेको हो। टेस्लाको आम्दानी अघिल्लो वर्षको तेस्रो त्रैमासभन्दा ५६ प्रतिशतले बढेर २१ अबै ४५ करोड डलर पुगेको छ।

यता, एलन मस्कविरुद्ध अदालती प्रक्रिया चलिरहेको छ। सन् २०१८ मा टेस्ला इन्कको सञ्चालकहरूले कम्पनीको प्रमुख कार्यकारी अधिकृत मस्कलाई ५५ अर्ब डलरको पे प्याकेज दिने गरी भएको निर्णयमा स्वार्थ बाझिएको भन्दै मुद्दा चलिरहेको छ।

यही नोभेम्बर १४ मा अदालतमा ‘ट्रायल’ हुने भएको छ।

करिब दुई महिनाअघि पनि मस्कले ट्विटरको विषयमा चलिरहेको मुद्दाको लागि टेस्लाको ६.९ अर्ब डलरको सेयर बिक्री गरेका थिए।

ट्विटर खरिदको लागि हालेको बोलकबोलबाट बाहिरीएपछि सो समय उनी विरुद्ध मुद्धा हालिएको थियो।