दूतराजले आत्महत्याको प्रयास बारे सार्वजनिक भएका समाचारलाई अस्वीकार

दूतराजले आत्महत्याको प्रयास बारे सार्वजनिक भएका समाचारलाई अस्वीकार

कहिरन समाचार

गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेको बारे सार्वजनिक भएका समाचारलाई अस्वीकार गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको उनको दुखेसो छ ।

आत्महत्या प्रयासको समाचार सार्वजनिक भएपछि आमाले फोन गरेको स्मरण गर्दै उनले आफूलाई माया गर्ने तमाम सुभेक्षुक र आफन्तको मायालाई लत्याएर आफूले त्यस्तो निर्णय लिन नसक्ने प्रस्ट पारेका छन् ।

उनले गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले पर्न गएको असर प्रति माफी पनि मागेका छन् ।