कुन्ती पोख्रेल : ‘म जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु’

कुन्ती पोख्रेल : ‘म जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु’

कहिरन समाचार

काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारप्रसारलाई निरन्तरता दिएकी छन् । यो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् ।

यो क्षेत्र अन्तर्गतका सबै वडावासीको घरदैलोमा कुन्ती पोख्रेलले पुगिसकेकी छिन् । आज सोमबार बिहानैदेखि वडा नं ३ स्थित जर्सीङपौवा, कात्तिके लगायतका स्थानमा मतदातासँग भेटघाट व्यस्त रहेकी छिन् । भेटघाटका क्रममायहाँका मतादाताले गरेको भव्य स्वागत र जनसागर उर्लिएको देख्दा जित सुनिश्चित भइसकेको उनको दाबी छ ।

‘मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरूको पाँच वर्ष सेवक बन्ने छु,’ प्रोख्रेलले प्रतिवद्धता जनाइन् । उनले थपिन्, ‘म यो क्षेत्रमा तपाईंहरूको काम गर्न आएकी हुँ, काम गरेरै छाड्छु ।’ उनले थप जोड दिइन्, ‘म पहिलाका नेताले जस्तो झुठ बोल्न जान्दिन जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु ।’