युभेन्ट्सको सहज जित

युभेन्ट्सको सहज जित

कहिरन समाचार

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स इन्टर मिलानलाई हराएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन एड्रियन राबिओट र निकोलो फागीओलीले एक–एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।

खेलको ५२ औँ मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औँ मिनेटमा निकोलोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । जितसँगै युभेन्ट्सले १३ खेलमा २५ अङ्क जोडेर तालिकाको पाँचौँ स्थानमा छ । पराजित इन्टर २४ अङ्क जोडेर सातौँ स्थानमा छ ।