स्पेजियामाथि मिलानको जित

स्पेजियामाथि मिलानको जित

कहिरन समाचार

एसी मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले स्पेजियालाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन थियो हर्नान्डेजले र ओलिभर जिरुडले एक–एक गोल गरे । उता स्पेजियाका लागि डेनियल मल्दिनीले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा माल्दिनीले गोल गरेपछि स्पेजिया १–१ गोलको बराबरी आयो

खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । उनले गोल गरेको एक मिनेट पछि दोहोरो पहेँलो कार्डसँग रातो कार्ड खाँदै जिरुड मैदान बाहिरिए ।

जितसँगै मिलानले १३ खेलमा २९ अंक जोडेर मिलान दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अंक जोडेर १७ औं स्थानमा छ ।