आज बंगलादेशसँग खेल्दै नेपाल

आज बंगलादेशसँग खेल्दै नेपाल

कहिरन समाचार

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको दोस्रो खेलमा आयोजकलाई प्रतिस्पर्धी पाएको हो ।
ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।

बलियो टोली बंगलादेशसँग जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले बिहीबार भएको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।