इमरान खानले केही बेरमा देशलाई सम्बोधन गर्ने

इमरान खानले केही बेरमा देशलाई सम्बोधन गर्ने

कहिरन समाचार

मरान खानका वकिल तथा तहरीक–ए–इन्साफका नेता बाबर अवानले इमरान खानले केही समयपछि देशलाई सम्बोधन गर्ने बताएका छन् ।​ अवान खान शौकत खानम अस्पतालमा इमरान खानलाई भेट्न गएका थिए, त्यसपछि उनले यो जानकारी दिएका हुन् ।

डाक्टरहरुले पनि उनको उपचारको जानकारी दिने उनले बताए । बिहीबार पाकिस्तान तहरीक–ए–इन्साफको लङ मार्चमा गोली चलेको थियो । जसमा इमरान खानसहित १४ जना घाइते भएका छन् । जानकारी अनुसार इमरान खानको खुट्टामा गोली लागेको छ ।

अधिकारीहरूले अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।