प्रचार सामग्री बनाउन भ्याइनभ्याइ

प्रचार सामग्री बनाउन भ्याइनभ्याइ

कहिरन समाचार

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

प्रचारप्रसार सुरु हुने भएपछि  विभिन्न पार्टीका झण्डा बनाउन धमाधम छन् बागबजार आसपास रहेका छापाखानाका व्यापारीहरू। उनीहरुले झण्डा लगायत अन्य चुनावसँग सम्बन्धित सामानहरू पनि बनाइरहेका छन्।