परिजिता अमेरिकी द भ्वाइसको तेस्रो चरणमा

परिजिता अमेरिकी द भ्वाइसको तेस्रो चरणमा

कहिरन समाचार

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ वर्षीय नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा  प्रवेश गरेकी छिन ।

उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । द भ्वाइसले २२ औ संस्करणमा नयाँ ढाँचामा अनुसार पहिलो पटक तीन वटा कलाकारहरुका पालै पालो गीत सुने पछि हराउने चरण (नकआउट एपिसोड) सुरु गरेको छ ।

यस पटक प्रतिष्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए ।  प्रस्तुतिपछि  निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उनी तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

परिजिता बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी उदीयमान गायिका हुन् ।