इन्टर र नापोलीको जित

इन्टर र नापोलीको जित

कहिरन समाचार

इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर मिलानले जित निकालेका छन् । शनिबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीले सासोउलोलाई ४–० गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेनले ह्याट्रिक गरे । केभिचा कोभाराशिलाले एक गोल गरे । जितसँगै शीर्ष स्थानको नापोलीले १२ खेलमा ३२ अंक जोडेको छ । १५ अंक जोडेको सासोउलो नवौं स्थानमा छ ।

शनिबार नै भएको अर्काे खेलमा इन्टर मिलानले साम्पोडोरियालाई ३–० ले हराएको छ । इन्टरको जितमा स्टेफान डी, निकोलो बरेला र जोआकिन कोरेयाले एक एक गोल गरे ।

जितसँगै इन्टरले १२ खेलमा २४ अंक जोडेर पाँचौं स्थानमा छ । अर्काे खेलमा युभेन्ट्सले लेचीलाई १–० ले हरायो ।