अस्ट्रेलिया-इंग्ल्याण्ड भिड्दै, हार्नेलाई सेमिफाइनल पुग्न गाह्रो

अस्ट्रेलिया-इंग्ल्याण्ड भिड्दै, हार्नेलाई सेमिफाइनल पुग्न गाह्रो

कहिरन समाचार

टी–२० विश्वकपको समूह १ मा आज सबैभन्दा ठूलो खेल हुँदैछ । मेलबर्न क्रिकेट ग्राउण्डमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन् । खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ किनभने अष्ट्रेलिया र इंग्ल्याण्डले एक एक खेल हारेका छन् ।

पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित भएको अष्ट्रेलियाले त्यसपछि श्रीलंकाविरुद्ध शानदार पुनरागमन गरेको थियो । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सहजै जितेको थियो । आयरल्याण्डसँग हार बेहोरेको थियो । आज हार्ने टोलीलाई सेमिफाइनल पुग्न निकै कठिन हुनेछ ।

तथ्याङ्कको कुरा गर्ने हो भने अहिलेसम्म अष्ट्रेलिया र इंग्ल्याण्डबीचको टी–२० खेल लगभग बराबरीको अवस्थामा छ । यी दुईबीच हालसम्म २४ वटा टी–२० खेल भएका छन् । जसमध्ये ११ खेल इंगल्याण्ड र १० खेल अष्ट्रेलियाले जितेको छ । ३ खेल अनिर्णित रह्यो ।