गोरखा का वडाध्यक्ष रानाको मृत्यु

गोरखा का वडाध्यक्ष रानाको मृत्यु

कहिरन समाचार

गोरखामा एक जना वडाध्यक्षको मृत्यु  भएको छ । गोरखा नगरपालिका – ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार  मृत्यु भएको हो ।

घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्।

मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।