वेस्ट इन्डिजविरुद्धको भारतको क्लिन स्विप

वेस्ट इन्डिजविरुद्धको भारतको क्लिन स्विप

कहिरन समाचार

साउन १२, काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको छ ।

वर्षाका कारण खेल ३५ ओभरमा घटाईएको थियो । क्विन्स पार्क ओभलमा भएको खेलमा २ सय ५७ रनको लक्ष्य पाएको घरेलु टोली २६ ओभरमा १ सय ३७ रनमा अलआउट भयो ।

उसका कप्तान निकोलस पुरन र ब्राण्डन किंग्सले समान ४२/४२ रन बनाए । शाई होपले २२ तथा हेडन वाल्स जुनियरले १० रन बनाए । अन्य ७ खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

घरेलु टोलीलाई सस्तैमा समेट्न युजभेन्द्र चाहेलले ४ विकेट लिए । मोहम्मद सिराज तथा शार्दुल ठाकुरले समान २/२ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

भारतका लागि सुबमन गिल तथा शिखर धवनले अर्धशतक बनाए । गिलले अविजित ९८ तथा धवनले ५८ रन बनाए । श्रेयस ऐयरले ४४ रन बनाए ।

वेस्ट इन्डिजका लागि हेल्डन वाल्स जुनियरले २ तथा अकेल होसेनले १ विकेट लिए ।

अब दुई टोलीबीच पाँच खेलको टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ ।