आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान

आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान

कहिरन समाचार

निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।

गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ । आयोगका अनुसार सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए ।