दुर्घटना गराएका भारतीय युट्युबर जट्ट प्रभाज्वतको प्रहरी निगरानीमा उपचार हुँदै

दुर्घटना गराएका भारतीय युट्युबर जट्ट प्रभाज्वतको प्रहरी निगरानीमा उपचार हुँदै

कहिरन समाचार

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी नगरपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् ।

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले जानकारी दिए

प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छीमा राखिएको छ । जट्ट प्रभाज्वत नामले परिचित छन् ।​