प्रशिक्षणमा फर्कँदै जिदान

प्रशिक्षणमा फर्कँदै जिदान

कहिरन समाचार

जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने सङ्केत गरेका छन् । लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन् । उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए । सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन् ।

रियलमा रहँदा पूर्व फ्रेन्च खेलाडीले लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । दोस्रो पटक रियलको प्रशिक्षणमा फर्कँदा उनले युरोपियन उपाधि नजिते पनि क्लबमा घरेलु लिगको उपाधि दिलाएका थिए ।