डेम्वेले चम्कँदा बार्सिलोनाको सानदार जित

डेम्वेले चम्कँदा बार्सिलोनाको सानदार जित

कहिरन समाचार

ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४(० ले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टो, रोबार्टो लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्रै  गोल गरेको थियो ।

जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंक सहित रियल मड्रिड शीर्षस्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंक सहित छैटौं स्थानमा छ ।