मतदाता नामावलीबाट दुई लाख ३० हजारको नाम हटाइयो

मतदाता नामावलीबाट दुई लाख ३० हजारको नाम हटाइयो

कहिरन समाचार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सकिएको करिब ७ महिनापछि प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव गर्दैछ । तर, अघिल्ला पटक मतदाता नामावलीमा नाम निस्किएका २ लाख ३० हजार जना यसपटक नदोहोरिने गरी हटाइएको आयोगले जनाएको छ । ‘प्राविधिक गडबडीका कारण मृत्यु भइसकेकाहरुको नामावली पनि प्रकाशन हुँदै आएको थियो । तर, यसपटक हामीले थुप्रै कटाएका छौं’, प्रवक्ता शालिग्राम  शर्मा ।