१० करोड डोज कोरोना खोप भारतमा नस्ट

१० करोड डोज कोरोना खोप भारतमा नस्ट

कहिरन समाचार

भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।

भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज प्रयोग गरिसकेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७० प्रतिशत भन्दा बढीले कम्तिमा दुई डोज लिएका छन् ।

जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो । पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो । जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज प्रयोय गरिसकेको छ ।

‘बुस्टर खोपहरूको कुनै माग छैन किनकि मानिसहरू अहिले कोभिडबाट दिक्क देखिन्छन्’, पूनावालाले बिहीबार सञ्चारकर्मीलाई पत्रकारहरूलाई भने, “इमानदारीपूर्वक, म पनि थाकेको छु। हामी सबै थाकेका छौं।“