पूर्व विश्व नम्बर एक हालेप डोपिङमा फेल

पूर्व विश्व नम्बर एक हालेप डोपिङमा फेल

कहिरन समाचार

पूर्व विश्व नम्बर एक सिमोना हालेपलाई डोपिङको आरोपमा इन्टरनेशनल टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले अस्थायी रूपमा निलम्बन गरेको छ । परीक्षणमा प्रतिबन्धित पदार्थ ‘रोक्साडस्ट्याट’ भेटिएपछि यो कारबाही गरिएको एजेन्सीले जनाएको छ ।

हालेपको युएस ओपनका क्रममा परीक्षण गरिएको थियो । उनको ‘ए’ र ‘बी’ दुवै नमूनामा यो प्रतिबन्धित पदार्थ पुष्टि भएको छ । हालेपले ट्वीटरमा यो जीवनको सबैभन्दा ठूलो झटका भएको बताएकी छन् ।