आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो ।
युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जनाइएको छ ।