फिल्म निर्माता बसन्त शर्माको निधन

फिल्म निर्माता बसन्त शर्माको निधन

कहिरन समाचार

फिल्म निर्माता बसन्त शर्माको निधन भएको छ ।  उनको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो । नवलपरासी गैडाकोट निवासी शर्माको निवासमै निधन भएको निर्देशक ऋषि लामिछानेले बताए ।

४२ वर्षका शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका छन् । उनी पछिल्लो समय नयाँ फिल्म बनाउने तयारीमा थिए ।