नवौँ राष्ट्रिय खेलकुद : कर्णालीले जित्यो पहिलो स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीले जित्यो पहिलो स्वर्ण

कहिरन समाचार

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ । एथलेटिक्सको पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले कर्णालीलाई स्वर्ण पदक दिलाए ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् । कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

एपीएफ अजित यादवले  ९ मिनेट २१.१० सेकेन्डको समय निकाल्दै रजत जिते । त्यस्तै आर्मीका सुवास कार्कीले कास्य पदक हात पारे ।​ सुवासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाले ।

दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए । उनले भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको भन्दै प्रोटेस्ट दर्ता गरेका थिए ।