मुक्तिनाथ विकास बैंकले चौथो वार्षिक साधारणसभा सम्पन्न

मुक्तिनाथ विकास बैंकले चौथो वार्षिक साधारणसभा सम्पन्न

कहिरन समाचार

मुक्तिनाथ विकास बैंकले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ. व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित, सोही आ.व. को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा आगामी आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

सभामा विशेष प्रस्तावहरू मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्‍याउने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेको थियो । साथै कम्पनीले अब आगामी वर्षहरूमा आफ्ना शेयर धनीहरूलाई प्रतिफल दिने गरी अगाडी बढिरहेको बताए ।