युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया