नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक

कहिरन समाचार

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।
उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका प्रवक्ता तथा उपकार्यकारी निर्देशक जगनाथ निरौलाले जानकारी दिए ।उडान खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङमा आइतबार बिहान ११ः३० बजे मात्रै पोखराको सराङकोटमा उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु हुन पुगको थियो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका १८ सराङ्कोट स्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात १०० मिटर माथिबाट खस्दा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका पोखराकै निसिम थापाको मृत्यु भएको हो । प्याराग्लाइडिङबाट खसे लगत्तै घाइते २६ वर्षे थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।